संसदमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्यो: दीपक गिरी
काठमाडाैं | फागुन १०, २०७९
काठमाडौं: सांसद् दीपक गिरीले सांसद्हरूले संसद्मा उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।
गिरीले संसद्मा विषय उठाए पनि सरोकारवाला मन्त्रीबाट जवाफ नआएको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले घोराही तुलसीपुर सडक खण्डको अवस्था विजोग भएको जानकारी गराए। गिरीले भने,‘घोराही तुलसीपुर सडक–खण्डको अवस्था विजोग छ । सुन्दैछु यो सडक निर्माण कार्यको ठेक्का पनि रद्ध हुँदैछ । सभामुख महोदयमार्फत् ध्यानाकर्षण गराउँछु की शून्य समयमा उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्छ ।’
काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च ग...
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रह...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्...

